
१६ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेपाल प्राइभेट इक्विटी एसोसिएसन बीच सम्झौता भएको छ ।
१५ असोजमा भएको समझदारी पत्रमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र नेपाल प्राइभेट इक्विटी एसोसिएसनका अध्यक्ष सिद्धान्त राज पाण्डेले हस्ताक्षर गरे ।
गैर नाफामूलक संस्थासँग बोर्डले नेपालमा रहेका निजी र वैकल्पिक लगानी उद्योग बीच सहकार्य र विकास प्रवर्धन गर्न हस्ताक्षर भएको जनाइएको छ ।
उक्त समझदारीले नेपालमा रहेका व्यवसायका लागि वित्तको स्रोतमा पहुँच अभिवृद्धिमा सहजीकरणका माध्यमबाट नवप्रवर्तन, उद्यमशीलता र रोजगार सिर्जनाको लागि सहकार्य गर्न ठोस रुप प्रदान गरेको नेपाल प्राइभेट इक्विटी एसोसिएसन जनाएको छ ।
समझदारी अनुसार नेपाल धितोपत्र बोर्डले नियामक सहयोग प्रदान गर्नेछ । यसका साथै दुवै पक्षले वैकल्पिक लगानी उद्योगका लागि पैरवी र प्रवर्द्धनका साथै प्रशिक्षण र सूचना साझेदारीका लागि काम गर्नेछन् ।
नेपाल प्राइभेट इक्विटी एसोसिएसन नेपालमा रहेका सबै वैकल्पिक लगानीकर्ताहरुको छाता संगठन हो ।
प्रतिक्रिया 4