+
+

‘कमब्याक’बारे सुपुष्पाले भनिन्- चाँडै निश्चल दाइको फिल्ममा काम गर्न इच्छुक छु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १३:२९

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्टको नाममा अहिले तीन फिल्म मात्र छन् । ‘रणवीर’ डेब्यु यी अभिनेत्रीले त्यसपछि ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’ मा काम गरिन् ।

केही समयअघि फिल्म निर्माता रौनकविक्रम कँडेलसँग वैवाहिक जीवनमा बाँधिएकी सुपुष्पाको हातमा अहिले कुनै फिल्म छैन । तर प्रदर्शनको तयारीमा रहेको ‘दिमाग खराब’को प्रमोसनल गीतमा सुपुष्पा फिचर्ड छिन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सुपुष्पा हट् अवतारमा पेश भइन् ।

विवाहपछि मिडियासँग यो उनको पहिलो साक्षात्कार हो, जहाँ उनले फिल्म कहिले खेल्ने लगायतका प्रश्नको सामना गरिन् । उनको जवाफ थियो, ‘धेरै समयपछि मिडियाको अगाडि उभिन पाउँदा खुसी लागेको छ । मैले केही समयपछि फिल्ममा काम गरेकी छु । यो फिल्मबाट कमब्याक गर्न पाउँदा खुसी छु ।’

भविष्यमा चाँडै निश्चल बस्नेतको फिल्ममा काम गर्न इच्छुक रहेको उनले बताइन् । तर सुपुष्पाले भनेअनुसार ‘दिमाग खराब’ उनको कमब्याक फिल्म चाहिं होइन । फिल्मको प्रमोसनल गीतमा मात्र उनी फिचर्ड छिन् । यसबाहेक फिल्ममा आफ्नो अन्य दृश्य नरहेको जवाफ उनले दिएकी थिइन् ।

‘दिमाग खराब’का निर्माता तथा सुपुष्पाका श्रीमान कँडेलले पनि श्रीमतीलाई किन यो फिल्ममा हिरोइन नबनाएको भन्ने प्रश्नको जवाफ दिए । आफूले निर्देशकलाई कास्टिङमा हस्तक्षेप नगरेको जवाफ उनको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?