
१६ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले खरिद बिक्री सम्झौता (पीपीए)का लागि प्रवर्द्धक कम्पनीहरुलाई पुनः ताकेता गरेको छ ।
नदी प्रवाही (आरओआर) र अर्घजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको पीपीएका लागि तोकिएको माथिल्लो सीमा क्रमशः ६,७५० मेगावाट र ४५ सय मेगावाट नपुगेसम्म पीपीए गर्ने निर्णय अनुसार प्रवर्द्धक कम्पनीहरूलाई पुनः सूचित गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणसँग ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानी रोल क्रम अनुसार पीपीएको कारवाही प्रक्रिया बढाउने समेत प्राधिकरणको भनाइ छ ।
मंगलबार एक सूचना प्रकाशित गरी प्राधिकरणले पीपीए प्रक्रियामा रहेका प्रवर्द्धक कम्पनी र विद्युत् नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अख्तियारी, परफरमेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन प्रवर्द्धक कम्पनीहरूलाई प्राधिकरणले पुनः आह्वान गरेको छ ।
मंगलबारबाट ३५ दिनको समय राखेर प्रकाशित सूचना अनुसार तोकिएको अवधिभित्र निवेदन प्राप्त नभए वा निवेदनमा चाहिने कागजात नपुगे त्यस्ता आयोजनालाई रोलक्रमबाट हटाई रोल क्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका त्यसपछिका आयोजनाको पीपीए प्रक्रिया अगाडि बढाइने समेत प्राधिकरणले जनाएको छ ।
हेर्नुहोस् सूचनाः
प्रतिक्रिया 4