१६ असोज, काठमाडौं । वेष्ट इन्डिज महिला क्रिकेट टिमले महिला क्रिकेटमा सर्वाधिक रनको लक्ष्य भेट्टाउने कीर्तिमान बनाएको छ ।
अष्ट्रेलिया भ्रमणमा रहेको वेष्ट इन्डिज महिला क्रिकेट टिमले उत्तरी सिड्नी ओभलमा भएको टी–२० अन्तर्राष्ट्रियमा २१३ रन बनाएको हो ।
घरेलु टिमबाट पाएको लक्ष्य पछ्याउने क्रममा वेष्टइण्डिजले खेल सकिन १ बल बाँकी छँदा ३ विकेट गुमाएर २१३ रन बनाएको हो ।
यो महिला टी–२० आई क्रिकेटको दोस्रो इनिङमा ब्याटिङ गर्ने टिमले बनाउको अहिलेसम्मकै उच्च स्कोर हो ।
यसअघि ठूलो लक्ष्य भेट्टाउने कीर्तिमान इंग्ल्याण्डको नाममा थियो । इंग्ल्याण्डले सन् २०१८ मा भारतले दिएको १९९ रनको लक्ष्य भेट्टाएको थियो ।
महिला टी–२० आईमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान भने बहराइनको नाममा छ । बहराइनले सन् २०२२ मा साउदी अरेवियाविरुद्ध पहिला ब्याटिङ गर्दै ३१८ रन बनाएको थियो ।
प्रतिक्रिया 4