
१६ असोज, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपतिहरुको अवस्था सरकारलाई थाहा छ कि छैन भनी प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले पूर्वराष्ट्रपतिहरु कहाँ र के खाएर बसेका छन् भन्ने प्रधानमन्त्रीलाई थाहा छ कि छैन भनी सोधेका हुन् ।
‘पूर्व राष्ट्रपतिहरुको हालत के छ, कसरी बस्नुभएको छ, के खाएर बस्नुभएको छ, कहाँ बस्नुभएको छ, प्रधनमन्त्रीज्यूलाई थाहा छ ?’ ओलीले प्रश्न गरे, ‘खान पाउनुभएको छ कि छैन, तातो पानी खाएर बस्नुपर्ने अवस्थामा पुरयाृउनुभएको छ के छ हालत ?’
प्रधानमन्त्रीले आफ्नो मात्र ख्याल गरेको ओलीले आरोप लगाए । ‘आफनो सम्मान भए, आफूलाई सात दश पुस्तालाई पुगे भयो । अरुको केही मतलब छैन । जीविका जसरी चले चलोस्’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4