+
+

पुल्चोक क्याम्पसका ६ विभागीय प्रमुखले भने : हाम्रो जिम्मेवारी स्ववियुलाई सुम्पियौं

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १७:०७

१६ असोज, काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका ६ वटा विभागका प्रमुखले आफूले सम्हाल्दै आएको विभागको जिम्मा स्वतन्त्र विद्यार्थी युनियनलाई सुम्पिएको घोषणा गरेका छन् ।

यसअघि असोज १२ गते पुल्चोक, थापाथली र पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गरी अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने चुनौती दिएका थिए ।

त्यसको जवाफमा विभागीय प्रमुखहरुले आफूहरुले सम्हालेको विभाग स्ववियु सभापतिलाई चलाउन दिने सल्लाह भएको बताएका छन् ।

‘… यस कुराको गाम्भीर्यतालाई महसुस गरी छलफल हुँदा यस्तो उच्च आकांक्षा बोकेका स्ववियु सभापतिहरुलाई विभाग चलाउन मार्ग प्रशस्त गरिदिने सल्लाह भएकाले विभागका सम्पूर्ण कार्य सञ्चालन जिम्मेवारी सुम्पिएको जानकारी गराउदछौं’, विभागीय प्रमुखहरुले क्याम्पस प्रमुखलाई लेखेको पत्रमा भनेका छन् ।

उनीहरुले स्ववियुलाई नै विभाग चलाउन दिन प्राध्यापक संघ र कर्मचारी संघको पनि समर्थन रहेको जिकिर गरेका छन् ।

हेर्नुहोस् पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?