
१६ असोज,विराटनगर । विराटनगर महानगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगर भित्रका प्रसूती, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रातो र निलो कार्ड प्राप्त गरेका अपाङ्गता भएका व्यक्ति र न्यून आय भएकाहरुका लागि निशुल्क सेवा प्रदान गरिनेछ ।
विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निरला कार्कीले आजबाट एम्बुलेन्स सेवाको उद्घाटन गरिन् । उनका अनुसार दुईवटा एम्बुलेन्समार्फत सेवा प्रदान गरिनेछ ।
लक्षित व्यक्तिबाहेक विराटनगर क्षेत्रभित्र एम्बुलेन्स सेवा प्रयोग गरेबापत अन्यलाई ३ सय रुपैयाँ शुल्क तोकिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।
विराटनगर बाहिर बिरामी लानु परेमा जिल्ला एम्बुलेन्स सेवा शुल्क निर्धारण समितिले प्रस्ताव गरेबमोजिम सेवा शुल्क लाग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4