
१६ असोज, पर्सा । जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी कान्तिदेवी वीनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मसिहानी टोल बस्ने ५६ वर्षीया कान्तिदेवी वीनको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मसिहानीकै ३६ वर्षीय भुट्टा भन्ने लालबाबु राउत वीन, ५९ वर्षीय चन्द्रिका राउत वीन र ५७ वर्षीय अमिका भन्ने अमिरिका राउत वीन छन् । चन्द्रिका र अमिरिका मृतकका जेठाजुहरु हुन् ।
प्रहरीका अनुसार २ असोजमा आफ्नै घरभित्र घाँटी रेटी हत्या भएको अवस्थामा कान्तिदेवीको शव भेटिएको थियो । घटनाको अनुसन्धाका क्रममा प्रहरीले ७ असोजमा लालबाबुलाई पत्राउ गरेको थियो । उनीसँग गरेको सोधपुछ र अनुसन्धानको क्रममा चन्द्रिका र अमिरिकालाई आइतबार प्रहरीले पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार उनीहरु कान्तिदेवीको घरमा चोरी गर्ने योजनाले १ असोजको राति सुरूङ बनाई घरभित्र प्रवेश गरेर थिए । चोरी गर्न बाक्साहरू खोल्दै गर्दा कान्तिदेवी बिउँझिएपछि उनले देखेको र पोल खुल्ने डरले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4