+
+

गायिका दिलमाया खातीको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १०:२९

१७ असोज, काठमाडौं । नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन भएको छ । दमबाट पीडित ८४ वर्षीया खातीको गएराति निधन भएको हो ।

उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत गाएकी छन् ।

दार्जिलिङमा जन्मिएकी उनले नेपाली भाषाका एक सयभन्दा बढी गीतहरु गाएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?