
१७ असोज, काठमाडौं । बुधबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार लगातार ८ दिनसम्म घटेको सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ६ हजार ९ सय र तेजावी सुनको मूल्य एक लाख ६ हजार ४ सय रुपैयाँ पुगेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ६ हजार ६ सय र तेजावी सुनको मूल्य एक लाख ६ हजार १ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको कारोबार भने मंगलबारकै मूल्यमा भइरहेको छ । महासंघकाअनुसार चाँदी तोलामा १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4