+
+

बियोन्सेले कमाइन् विश्वव्यापी सांगीतिक टुरबाट ५७९ मिलियन डलर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १३:०२

काठमाडौं । पपस्टार बियोन्सेले आफ्नो बहुचर्चित ‘रेनासाँ’ सांगीतिक टुरमार्फत विश्वव्यापी ५७९ मिलियन डलर कमाउँदै अहिलेसम्म सर्वाधिक कमाउनेमध्येको कन्सर्ट बनेको छ ।

३२ पटक संगीतको सर्वोच्च अवार्ड ग्रामी जितेकी गायिकाको उक्त विश्व टुरबाट सो कमाइ भएको हलिउड सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पार्कवुड इन्टरटेनमेन्ट र लाइभ नेसन एजेन्सीको निर्माण रहेको उक्त टुरलाई ३९ सहरका ५६ ठाउँमा आयोजना गरिएको र यसमा करिब २७ लाख दर्शकको उपस्थिति रहेको जनाइएको छ ।

बिलबोर्ड बक्सस्कोरका अनुसार बियोन्सेको उक्त कमाइ अहिलेसम्म धेरै कमाउने उत्कृष्ट १० कन्सर्टको सातौं स्थानमा रहेको छ । यति मात्र होइन, उत्कृष्ट १० को सूचीमा समावेश हुने बियोन्से एक मात्र अश्वेत मूलकी गायिका र एकल प्रस्तुति दिने अमेरिकी कलाकार हुन् । यो सूचीमा यसअघि श्वेत पुरुष कलाकार मात्र थिए ।

सूचीमा ९३९.१ मिलियन डलर कमाउँदै गायक एल्टन जोन शीर्षस्थानमा छन् । उनले ३३० वटा कन्सर्टबाट उक्त कमाइ गरेको उल्लेख छ । दोस्रो स्थानमा रहेका एड सिरनलाई ७७६ मिलियन डलर कमाउन २५८ कन्सर्ट गर्नुपरेको थियो ।

त्यसपछि ‘यु टु’ ब्यान्डको ‘युटु ३६० टुर’ले ११० कन्सर्टसहित ७३६ मिलियन डलर कमायो । कोल्डप्लेको ‘म्युजिक अफ द स्पेयर्स वर्ल्ड टुर’ले १०७ शोबाट ६१७ मिलियन डलर, ह्यारी स्टाइल्सले १६९ शोबाट पनि ६१७ मिलियन डलर कमाइ भएको जनाइएको छ ।

टेलर स्वीफ्ट र मेटालिकाको कन्सर्ट चलिरहेकाले यिनको कमाइ यहाँ समावेश छैन । टेलर स्वीफ्टको ‘इरास टुर’ले विश्वव्यापी एक बिलियन डलर र सोभन्दा बढी कमाउने सक्ने प्रक्षेपण गरिएको छ ।

पछिल्लो साता बियोन्सेले आफ्नो बहुचर्चित कन्सर्ट टुरमा आधारित फिल्म ‘रेनासाँ : अ फिल्म बाइ बियोन्से’ रिलिज गर्ने जनाएकी छन् । यो फिल्म डिसेम्बर १ मा प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?