+
+

एमाले कोशीको नयाँ नेतृत्वले लियो शपथ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १४:०९

१७ असोज, विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

नेकपा एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
एमालेको पहिलो प्रदेश अधिवेशनमा विनोद ढकाललाई पराजित गर्दै घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित भएका थिए ।

खतिवडाले ५१२ मत पाएका थिए । ढकालले ४३० मत पाए । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भए ।

सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई निर्वाचित भएका थिए । अधिवेशनबाट प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचन भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?