
१७ असोज, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भर्नाका लागि लनिे प्रवेश परीक्षा स्थगित भएको छ ।
डीन कार्यालयका शाखा अधिकृत निरजकुमार वैद्यले अर्को सूचना नआएसम्म परीक्षा स्थगित भएको सूचना सार्वजनिक गरेका छन् ।
शाखा अधिकृत वैद्यले सूचनामा प्रवेश परीक्षा बोर्ड पदाधिकारीहरुले संयुक्त राजीनामा दिएको कारण इन्जिनियरिङ अध्ययन संस्थान डीन कार्यालयको १६ गतेको निर्णय अनुसार अर्को सूचना प्रकाशित नभएसम्म स्थगन गरेको जनाएका छन् ।
उनल प्रवेश परीक्षाका नयाँ कार्यक्रम सम्बन्धी सूचनाहरु प्रवेश परीक्षा बोर्डको वेबसाइटमार्फत जानकारी गराउने उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4