+

अध्यक्षको बर्खास्तीबारे छलफल गर्न एन्फाले बोलायो विशेष साधारणसभा

२०८० असोज  १७ गते १८:३४ २०८० असोज १७ गते १८:३४
अध्यक्षको बर्खास्तीबारे छलफल गर्न एन्फाले बोलायो विशेष साधारणसभा

१७ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्काे महिना विशेष साधारणसभा बोलाएको छ ।

एन्फा कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले अध्यक्षलाई बर्खास्तीको एजेण्डामा छलफल गर्न कात्तिक २३ मा विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वमा २५ भदौमा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण गुरुङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका थिए । विधानअनुसार महासचिवको नियुक्ति र बर्खास्ती अध्यक्षको प्रस्तावमा कार्यसमितिले गर्ने भएकाले यो प्रस्तावलई साधारणसभामा पेश नगर्ने निर्णय भएको छ ।

विशेष साधारणसभा मकवानपुरको हेटौंडामा बस्नेछ ।

एन्फा विधानअनुसार ४० प्रतिशत सदस्यले आवेदन दिएपछि विशेष साधारणसभा बोलाउनुपर्छ, तर प्रस्ताव पास गर्न दुई तिहाइ समर्थन चाहिन्छ ।

एन्फा बैठकले वर्ल्डकप छनोट चरणको तयारीका लागि उपाध्यक्ष दीपक खतिवडालाई संयोजक तोकेको छ । प्रतियोगिताको टिकटको बन्दोबस्त एन्फाले नै गर्ने निर्णय गर्दै सामान्य प्याराफिटतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ शुल्क तोकिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा पंकजबिक्रम नेम्वाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय