+

लिभरपुल र टोटनह्यामको खेल फेरि खेलाउन क्लोपको माग

२०८० असोज  १७ गते १८:५७ २०८० असोज १७ गते १८:५७
लिभरपुल र टोटनह्यामको खेल फेरि खेलाउन क्लोपको माग

१७ असोज, काठमाडौं । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले टोटनम्यामसँग पुनः खेल गराउन माग गरेका छन् ।

लिभरपुल २–१ ले हारेको त्यो खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले लुइस डियाजको गोललाई अफसाइड दिएका थिए ।

तर फोर्थ अफिसियल डोनर इंग्ल्याण्डले भीएआर चेक गर्ने विधि पुरा नगरी त्रुटिपूर्ण निर्णय गरेको पाइएको थियो । त्यो अफसाइड दिँदा लिभरपुल र टोटनह्याम ०–० को अवस्थामा थिए ।

अन्तिम मिनेटमा जोएल माटिपले आत्मघाती गोल गरेपछि लिभरपुल २–१ गोल अन्तरले पराजित भएको थियो ।

यसको समाधान पुनः खेल गराउनु भएको लिभरपुलका प्रशिक्षकले बताएका छन् । ‘यसअघि यस्तो कहिल्यै भएको थिएन, त्यसैले पुनः खेल गराउनु सही बाटो हुनसक्छ’ क्लोपले भने, ‘तर यो हुने छैन होला ।’

टोटनहम योर्गन क्लोप लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय