+
+

नेपाल समाजवादी पार्टीले वैशाखमा महाधिवेशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १९:३०

१७ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टीले आगामी वैशाखमा महाधिवेशन गर्ने भएको छ । तीन दिनदेखि काठमाडौंमा जारी समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले मंसिर ६ गते केन्द्रीय समितिको बैठक बोलाउने र सोही बैठकबाट वैशाखमा महाधिवेशन तोक्ने निर्णय गरेको हो ।

‘असोज ६ गते बस्ने केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्नेछ र २०८१ वैशाखमा महाधिवेशन तोक्नेछ,’ नेपाल समाजवादी पार्टीका कार्यालय सचिव रोशन पोखरेलले भने ।

कार्यकारिणी बैठकले पार्टी एकताको लागि माओवादीले पठाएको पत्र अपरिपक्व र षड्यन्त्रपूर्ण रहेको निष्कर्ष निकालेको उनले जानकारी दिए । ‘माओवादीले उक्त पत्र सच्याएर नपठाएसम्म वार्ताको वातावरण नबन्ने पार्टीको कार्यकारिणी समितिले निष्कर्ष निकालेको छ’ पोखरेलले भने, ‘अन्य विचार र नीति मिल्ने पार्टीहरूसँग भने एकताको लागि संवाद समितिले संवाद जारी राख्नेछ ।’

बैठकले गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको संवाद समितिमा डा. जनक शाहलाई थप गरेको छ । यसअघि उक्त समितिमा दुर्गा सोब र रमेश यादव सदस्य रहेका छन् ।

यसअघि नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै पत्राचार गरेपछि नेपाल समाजवादी पार्टीभित्र विवाद बढेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले अध्यक्ष महेन्द्र राय यादवलाई सम्बोधन गर्दै पत्र पठाएपछि अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका नेताहरु झस्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?