+
+

महासंघका अध्यक्ष ढकाल र इन्डोनेसियाका राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १४:३७

१७ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेसियाका राजदूत हेरु हार्तान्तो सुबोलोबीच भेटवार्ता भएको छ ।

बुधबार भएको भेटमा दुई देश बीच आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको महासंघले जनाएको छ ।

अध्यक्ष ढकालले इन्डोनेसिया सरकारले नेपाली पर्यटकलाई दिएको अन अराइभल भिसाको व्यवस्था पुनर्स्थापनाका लागि पहल गरिदिन राजदूतसँग आग्रह गरेका थिए ।

इन्डोनेसियाले कोभिड–१९ महामारीदेखि नेपालीहरुलाई दिँदै आएको अन अराइभल भिसा रोकेको थियो ।

नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत समेत रहेका ढकालले नेपाल र इन्डोनेसियाबीच व्यापार अभिवृद्धि गर्न नेपालबाट हुने निर्यात बढाउन सहजीकरणका लागि राजदूतलाई आग्रह समेत गरे ।

सो अवसरमा राजदूत सुबोलोले अध्यक्ष ढकालले उठाएका विषयमा आफूले सक्दो सहयोग गर्ने र यसका लागि इन्डोनेसिया सरकारसँग कुराकानी गर्ने बताए ।

उनले नेपाली पर्यटकलाई दिइएको अन अराइभल भिसाको सुविधा पुनर्स्थापनाका लागि आफूले पहल गर्ने समेत बताए ।

नेपाली व्यवसायीले इन्डोनेसियामा धेरै वस्तुहरु निर्यात गरिरहेको बताउँदै थप निर्यातका लागि आफूले सहजीकरण गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?