+
+

यस वर्षको नोबेल साहित्य पुरस्कार नाटककार जोन फोसेलाई

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १७:००

१८ असोज, काठमाडौं । यस वर्षको नोबेल साहित्यतर्फको पुरस्कार जोन फोसेलाई प्रदान गरिने घोषणा गरिएको छ ।

नाटक र गद्य लेखनका लागि उनलाई नोबेल पुरस्कार समितिले लेखक फोसेलाई नोबेल साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

‘उनका नाटक र गद्य लेखन जसले अव्यक्तलाई आवाज दिन्छ।’ समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

फोसे सन् १९५९ मा नर्वेमा जन्मिएका हुन् । उनको निनोर्स्कमा लेखिएको नाटक, उपन्यास, कविता संग्रह, निबन्ध, बालबालिकाका पुस्तकहरू र अनुवादहरू समावेश छन्।

उनी संसारमा सबैभन्दा धेरै नाटक प्रदर्शन गरिएका नाटककारमध्‍ये एक हुन् । उनले आफ्नो गद्यका लागि बढी चर्चित छन् । उनको पहिलो उपन्यास रौडटस्भार्ट सन् १९८३मा प्रकाशित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?