+
+

अश्लील र अमर्यादित प्रस्तुति रोक्न लोक-दोहोरी प्रतिष्ठानको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १७:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले दोहोरी साँझ, चाडपर्व उत्सव र टिकटकलगायतका सामाजिक सञ्जालमा हुने अश्लील तथा अमर्यादित प्रस्तुति रोक्न आग्रह गरेको छ ।

अध्यक्ष रीता थापा मगरले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेकी हुन् । ‘यस्तो अमर्यादित र अभद्र कार्यले समग्र नेपाली लोकदोहोरी क्षेत्रसँग सम्बन्धित कलाकार, सर्जक र शुभेच्छुकलाई आग्रह गर्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तो कार्यले नेपाली कला र संस्कृतिप्रेमीलाई गहिरो आघात पुर्‍याएको अध्यक्ष थापाले उल्लेख गरेकी छन् । नेपाली मौलिक कला, संस्कृति, परम्परा र संस्कारको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै उनले नेपाली लोक तथा दोहोरी गीतको अवाञ्छनीय प्रयोग गरी अश्लील तथा अमर्यादित ढंगबाट प्रस्तुति नगर्न समेत आग्रह गरेकी छन् ।

पछिल्लो समय टिकटक लगायत चाडपर्वका उत्सवमा उच्छृंखल नृत्य र गायन प्रस्तुत भएको गुनासो आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?