
काठमाडौं । पहिचान पुरस्कार कोषले २०७९ सालको ‘पहिचान पुरस्कार’का लागि उत्कृष्ट आठ कृतिको सूची सार्वजनिक गरेको छ । बिहीबार बसेको कोषको बैठकले दर्ता भएका मध्येबाट उत्कृष्ट आठ पुस्तक छनोट गरेको हो ।
पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले विज्ञप्तिमा प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’, जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ तथा कविता संग्रहतर्फ करुणा राईको ‘रसिया राग’, मञ्जुल मितेरीको ‘कामी’ र पराजित पोमुको ‘मद्वारा मेरो निर्माण’ उत्कृष्ट कृतिको सूचीमा रहेका छन् ।
गैरआख्यानतर्फ प्रकाश गुरागाईंको ‘जङ्क्सन पिपलबोट’, ‘नयाँ सडकको कथा’ तथा श्रीभक्त खनाल र खेमराज रानाभाटको संयुक्त पुस्तक तीन फरक विषय ‘फोकल्यान्ड युद्धका सिपाही’, ‘पहिलो विश्वयुद्धका चिठी’ र ‘उनै जंगबहादुर’ तथा डा. नवराज केसीको ‘शून्यको मूल्य’ (सास, साहस र स्नेहको कथा) रहेका छन् ।
यसअघि नौवटा कृतिले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला सम्मानित भएका छन् ।
पहिचान पुरस्कारको राशि चार लाख दुई हजार दुई रुपैयाँ रहेको कोषले जनाएको छ ।
प्रतिक्रिया 4