
१८ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवार्दी पार्टीले संगठन सुदृढीकरणलाई प्राथिमकतामा राखेर रणनीति र कार्यनीति तय गर्ने निर्णय गरेको छ ।
पार्टीको असोज १६ र १७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखि त्यस अनुरुपको रणनिती, कार्यनिती गरेर प्रदेश, जिल्ला र स्थानीयमा पठाउने निर्णय गरेको छ ।
लोसपाले संविधानमा रहेको विभेदपूर्ण एवम् त्रृटीपूर्ण धारालाई संशोधन गर्न सरकारसँग माग गरेको छ । ‘नेपाल सरकार र सत्तारुढ गठबन्धनले प्रमूख प्रतिपक्ष नेकपा एमाले समेतको सहयोगमा संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुतगर्नु पर्ने टड्कारो आवश्यकता रहेको लोसपा नेपालको ठम्याइ छ । संविधान संशोधनको निम्ती हामी निरन्तर संघर्षरत छौं,’ बैठकको निर्णयमा भनिएको छ ।
समाजमा सौहार्दता, सहिष्णुता र संययता कायम राख्न पार्टीको सहयोग रहने लोसपाले जनाएको छ । खाद्य वस्तुहरुमा मूल्य वृद्धि हुनु, कालावजारी हुनुमा सरकारी अनुगमन, मूल्याकन र नियमन नहुनुलाई लोसपाले कारण मानेको छ । सुन तस्करीको ट्रान्जीट नेपाल बनेको भन्दै लोसपाले चिन्ता व्यक्त गरेको छ ।
‘यसले एकातिर हाम्रो अर्थतन्त्र माथि थेग्नै न सक्ने गरि नकारात्मक असर पारेको छ, भने अर्को तिर नेपाल सुन तस्करीको ट्रान्जीट पोइन्ट बन्दै गएको खबरले हाम्रो देशको छवि अन्र्तराष्ट्रिय जगतमा धुमिल हुने पक्का नै छ,’ लोसपाको बैठकले गरेका निर्णयमा भनिएको छ ।
कोशी प्रदेशमा पहिचानवादीले चलाएको आन्दोलनमा आफ्नो समर्थन रहेको लोसपाले जनाएको छ ।
प्रतिक्रिया 4