+

विश्वकपमा इंग्ल्यान्डसँगको खेल जित्न न्युजिल्याण्ड २८३ रनको लक्ष्य पछ्याउँदै

२०८० असोज  १८ गते १८:२५ २०८० असोज १८ गते १८:२५
विश्वकपमा इंग्ल्यान्डसँगको खेल जित्न न्युजिल्याण्ड २८३ रनको लक्ष्य पछ्याउँदै

१८ असोज, काठमाडौं । एकदिवसीय विश्वकपको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले न्युजिल्यान्डलाई जितका लागि २८३ रनको लक्ष्य दिएको छ ।

न्युजिल्यान्डका बलर म्याट हेन्री, मिचेल सन्तार र ग्लेन फिलिप्सको उत्कृष्ट बलिङको सामुन्ने इंग्ल्यान्डका ब्याटिङमा जोय रुटभन्दा अन्य ब्याटर खासै टिक्न सकेनन् ।

रुटको ७७ रन मद्दतमा निर्धारित ५० ओभरमा इंग्ल्यान्डले ९ विकेट गुमाएर २८२ रन बनायो ।

डाउन आएका रुटले ८६ बलमा ४ चौका र १ छक्का लगाए ।

ओपनर जोनी बेरिष्ट ३५ बलमा ३३ रन बनाउँदै क्याच आउट भए । डेविड मलान १४ रनमै सिमित हुँदा इङ्ल्यान्डको ब्याटिङको जिम्मेवारी क्रिजमा रुटले केही सम्हालिएर खेले ।

कप्तान जोस बट्लर पनि २ चौका र २ छक्का सहित ४३ रनमा क्याच आउट भए । ह्यारी ब्रुकको पनि प्रदर्शन सोचे अनुुरुप भएन ।

४५.४ ओभरमा नवौं विकेट गुमाएको इंग्ल्यान्डका लागि अन्तिम विकेटका लागि आदिल रसिद र मार्क उडले नट आउट ३० रनको साझेदारी गरेका थिए ।

न्युजिल्यान्डका लागि म्याट हेन्रीले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चेर ३ विकेट लिए । मिचेल सन्तार र ग्लेन फिलिप्सले समान २/२ विकेट लिए । ट्रेन्ट बोल्ट र रचिन रविन्द्राले १–१ विकेट लिए ।

विश्वकप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय