+

क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणमा

२०८० असोज  १८ गते १८:४५ २०८० असोज १८ गते १८:४५
क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणमा

१८ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत क्यानोइङ स्लालोम अन्तर्गत पुरुष कायाकमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणमा प्रवेश गरेका छन् ।

फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा बिहीबार भएको प्रतिस्पर्धामा गणेश हिट चरण पार गर्दै सेमिफाइनल चरणमा प्रवेश गरेका हुन् ।

दुई चरणको हिटमा भएको प्रतिस्पर्धामा कूल १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । १६ खेलाडी नै सेमिफाइनल प्रवेश गर्ने नियम छ ।

बिहीबार पहिलो हिट्समा १६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा गणेश १४ औं स्थानमा थिए । त्यस हिटबाट शीर्ष ८ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए ।

गणेशसहित बाँकी ८ खेलाडीले दोस्रो हिटमा प्रतिस्पर्धा गरेका थिए । जसमा उनी सातौं भए ।

अब शनिबार हुने सेमिफाइनल चरणमा कूल १६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । त्यसबाट शीर्ष १० खेलाडीले फाइनल चरणमा स्थान बनाउनेछन् ।

एसियाली खेलकुद गणेश गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय