+
+

सरकार कमाउ धन्दामा लाग्यो : सचेतक बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते २०:१८

१८ असोज, काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले मुलुक धार्मिक युद्धतफ जानसक्ने खतरा देखिएको बताएका छन् ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले शुरुदेखि नै संविधानलाई किर्ते गर्ने काम गरेको बताए ।

उनले भने, ‘यो सरकारले संविधानलाई किर्ते गर्ने काम शुरुदेखि नै गरेको छ । नागरिकता विधेयकका नाममा, अघिल्लो संसदले अघिल्लो सभामुखले, अघिल्लो राष्ट्रपतिलाई पठाएको विषयलाई वर्तमान संसदलाई छलेर यो सरकारले वर्तमान राष्ट्रपतिलाई किर्ते गर्न लगाएको छ ।’

उनले सरकार कमाउ धन्दामा लागेको आरोप लगाए । उनले सरकारको संलग्नतामा कयौँ मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको बताए । उनले सरकारको नालायकीपनले मुलुक अफ्ठ्यारोमा फसेको पनि बताए ।

‘आज मुलुकको हर क्षेत्र तहसनहस भएको छ । अर्थतन्त्र डामाडोल भएको छ । साम्प्रदायिक द्वन्द्व एकपछि अर्को बढ्न थाल्यो । धार्मिक युद्धतर्फ मुलुक जानसक्ने खतरातर्फ गइसक्यो । यो खालको चरम बेथिति छ । कमाउ धन्दामा मन्त्रीहरु लागेका छन् ।’

सचेतक बर्तौलाले सत्तासिन दलका कार्यकर्ता छानिछानी सरकार टिकाउनका लागि क्रुरताकासाथ सरकारले मानव अधिकार उल्लंघनका दोषीलाई कैद मिनाह गरेर छुटाइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?