+
+

बैंकहरूलाई प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न सहजीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते २१:५५

१८ असाेज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न सहजीकरण गरेकाे छ।

बिहीबार बैंक तथा वित्तीय संस्थाकाे लागि जारी गरेकाे एकीकृत निर्देशन २०७९ मा संशाेधन गर्दै प्राईभेट इक्विटी र भेञ्चर क्यापिटलमा गरेकाे कुल लगानीलाई पुँजीकाेष गणना गर्दा प्राथमिक पुँजीकाेषबाट घटाइ गणना गर्न अनिवार्य नहुने व्यवस्था गरेकाे हाे ।

नेपाल धिताेपत्र बाेर्डल गत आर्थिक वर्षमा १२ कम्पनीलाई विशिष्टीकृत लगानी काेष व्वस्थापककाे इजाजत दिएकाे थियाे । जसमध्ये ८ कम्पनीले ३० अर्ब ५० कराेडकाे काेष दर्ता गरेको थियो । तर प्राईभेट इक्विटी र भेञ्चर क्यापिटलमा गरेकाे लगानी बैंकहरूले प्राथमिक पुँजीकाेषबाट घटाएर मात्रै पुँजीकाेष गणना गर्नसक्ने व्यवस्थाले गर्दा उक्त काेष दर्ता भए पनि फण्ड जुटाउन सकस भएकाे थियाे ।

अब राष्ट्र बैंकले उक्त काेषमा बैकहरूकाे लगानीलाई सहजीकरण गरिदिएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?