+
+

संगीत रोयल्टी संकलन समाजको अध्यक्षमा सुरेश अधिकारी निर्विरोध चयन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १४:१९

काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् । कार्यसमिति निर्वाचनका लागि शुक्रबार अन्तिम नामावाली सार्वजनिक गरिएको थियो ।

अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि अधिकारी निर्विरोध चुनिएका हुन् । संगीतकार निवर्तमान सदस्यको तर्फबाट वसन्त सापकोटा र शिरिष देवकोटा पनि सदस्य चयन भएका छन् । त्यस्तै, गीतकार निवर्तमान सदस्यबाट बद्री पाण्डे र चन्द्रप्रसाद शर्मा पनि निर्वाचित भएका छन् । उनीहरु सबै निर्विरोध चयन भएका हुन् ।

संगीतकार सदस्यतर्फ नौ जना र गीतकार खुला सदस्यतर्फ आठ जना उम्मेदवारको नामावाली दर्ता भएको छ ।

शनिबार हुने १४ औं साधारण सभामा बाँकी पदका लागि मतदान हुने निर्वाचन संयोजक तथा अधिवक्ता समेन्तमणि खरालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?