+

करातेका विप्लव कास्य पदकबाट चुके

२०८० असोज  १९ गते १४:४८ २०८० असोज १९ गते १४:४८
करातेका विप्लव कास्य पदकबाट चुके

१९ असोज, हान्झाउ । नेपाली कराते खेलाडी विप्लवलाल श्रेष्ठ चीनको हान्झाउमा जारी १९औं एसियाडमा कास्य पदक जित्नबाट चुकेका छन् ।

लिनपिङ स्पोर्ट्स सेन्टर जिमिन्यासियममा शुक्रबार पुरुष ८४ केजीमाथि कास्य पदकका लागि भएको खेलमा विप्लव साउदी अरेवियाका तारेग अली एम हामेदीसँग ९-१ ले पराजित भए ।

त्यसअघि विप्लवले ताजिकिस्तानका उमेद साफारोभलाई १२-४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका थिए ।

तर क्वाटरफाइनलमा कीर्गिस्तानका अलिदेत साडिकानोभसँग ५-१ ले पराजित भएका थिए ।

विप्लवलाई हराएका साडिकानोभ फाइनल पुगेपछि विप्लपले रिपेचेज खेल्ने अवसर पाए । रिपेचेजको पहिलो राउण्डमा बाई पाएपछि विप्लबले सिधै कास्य पदकका लागि खेल्ने अवसर पाएका हुन् ।

उनका प्रतिद्वन्दी हामेदी ताम भने सेमिफाइनलसम्म पुगेका थिए तर कीर्गिस्तानकै साडिकानोभसँग पराजित भएपछि फाइनल पुग्न सकेनन् र कास्य पदकका लागि खेल्नुपरेको हो ।

हामेदीले २०२० को टोकियो ओलम्पिकमा रजत जितेका थिए भने २०१८ मा ईन्डोनेसियामा भएको एसियन गेम्समा कास्य जितेका थिए । शु

क्रबार‌ै नेपाली निरुपा दोङ तामाङ भने महिला ६१ केजी मुनिको तौल समूहको प्रिक्वाटरफाइनलमा बंगलादेशकी हुमाईरा अख्तर अन्तरासँग ५-१ ले पराजित भइन् ।

पदकको अपेक्षा गरिएको करातेमा नेपालबाट कूल ८ खेलाडी सहभागी भएकोमा ५ खेलाडीको चुनौती सकिएको छ ।

अब एरिका गुरुङ र सन्तोष श्रेष्ठले शनिवार तथा सविना श्रेष्ठले आइतबार प्रतिस्पर्धा गर्नेछन् ।

एसियाली खेलकुद विप्लवलाल श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय