
१९ असोज, काठमाडौं । प्रहरीले अनलाइनमार्फत २४ करोड १५ लाख रुपैयाँ बराबरको सट्टेबाजी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका वडा नं.१२ घर भएका वर्ष ३० का पिन्टुकुमार साह रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार साहलाई जुवा वा सट्टाबाजी गरेको कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
उनले बेटिङ गराउने एप तथा वेवसाइटको माध्यमबाट जुवा तथा सट्टाबाजी जस्ता खेल खेलाएर २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4