
१९ असोज, दमौली। पछिल्लो समय तनहुँ सदरमुकाम दमौलीमा डेंगुको संक्रमण बढ्दै गउको छ । १० वटा स्थानीय तह रहेको तनहुँमा सबैभन्दा धेरै व्यास नगरपालिकामा डेंगुको बिरामी देखा परेका छन् ।
स्वास्थ्य कार्यालय तनहुँले दिएको जानकारी अनुसार बिहीबार साँझ सम्म जिल्लाभर ३ हजार ७ सय ७९ जना डेंगुबाट संक्रमित भएका छन् । जसमा व्यास नगरपालिकाका मात्रै ३ हजार २ सय ३९ जना संक्रमित भएका छन् ।
त्यस्तै शुक्लागण्डकी नगरपालिकाका १ सय ४३, भिमाद नगरपालिकाका ९७, ऋषिङ गाँउपालिकाका ७८, म्याग्दे गाँउपालिकाका ५९, भानु नगरपालिकाका ५८, आँबुखैरेनी गाँउपालिकाले ३९, बन्दिपूर गाँउपालिका २७,घिरिङ गाँउपालिकाका ७ जना र देवघाट गाँउपालिकाका ६ जना संक्रमित भएका छन् । हाल सम्म तनहुमा डेंगुबाट ३ जनाको ज्यान गईसकेको छ । संक्रमित हुनेमा पुरुषको तुलनामा महिला धेरै रहेका छन् ।
स्वास्थ्य कार्यालय तनहुका प्रमुख शंकरबाबु अधिकारीका अनुसार हाल सम्म संक्रमित भएका मध्ये ५३ प्रतिशत पुरुष र ४७ प्रतिशत महिला रहेका छन् । एक हजार ९ सय ९६ जना महिला संक्रमित हुदाँ १ हजार ७ सय ८९ जना पुरुष संक्रमित भएका छन् ।
प्रमुख अधिकारीका अनुसार सबै भन्दा धेरै १५ देखि ३० वर्ष उमेर समुहका व्यक्तिहरु डेंगुबाट संक्रमित भएका छन् । जस अनुसार १५ देखि १९ वर्ष उमेर समुहका ४सय ५८ जना, २० देखि २४ वर्ष उमेर समुहका ४ सय ६७ जना,२५ देखि २९ वर्ष उमेर समुहका ४ सय ६१ जना र ३० देखि ३४ वर्ष उमेर समुहका ४ सय ४७ जना संक्रमित भएका छन् ।
प्रतिक्रिया 4