+

विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि पाकिस्तानको जित

२०८० असोज  १९ गते २१:३२ २०८० असोज १९ गते २१:३२
विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि पाकिस्तानको जित

१९ असोज, काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ‍८१ रनले हराएको छ ।

पाकिस्तानसँगको खेल जित्न २८७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स ४१ ओभरमा २०५ रन बनाउँदै अल आउट भयो ।

नेदरल्यान्ड्सका लागि बास डि लिडेले ६७ र ओपनर विक्रमजित सिंहले ५२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । पाकिस्तानको हरिस रउफले ३ विकेट लिए

यसअघि हैदरावादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनाएको थियो ।

टिमको स्कोर ३८ रन हुँदा सुरुवाती ३ विकेट गुमाएको पाकिस्तानलाई उकास्न चौथो विकेटका लागि मोहम्मद रिज्वान र साउद शकिलले १२० रनको साझेदारी गरे । उनीहरु दुवैले समान ६८ रन बनाए । मोहमद नवाजले ३८ र साबाद खानले ३२ रन बनाए ।

नेदरल्यान्ड्सका लागि भने बास डि लिडेले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै ६२ रन खर्चेका हुन् । कोलिन अक्रमानले २ विकेट लिए ।

विश्वकप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय