+

श्रीमान् श्रीमतीको टिमले जित्यो स्वर्ण

२०८० असोज  २० गते १०:४६ २०८० असोज २० गते १०:४६
श्रीमान् श्रीमतीको टिमले जित्यो स्वर्ण

२० असोज,  हान्झाउ । चाइनिज ताइपेइका विवाहित जोडी फान काङ वेई र टिसाई पो याले शुक्रबार १९औं एसियाडमा ब्रिड्ज मिक्स टिममा स्वर्ण जितेका छन् ।

श्रीमान् फान र श्रीमती टिसाइको जोडीले उत्कृष्ट प्रदर्शन गरेपछि चाइनिज ताइपेइले आयोजक चीनलाई फाइनलमा २७-२३ ले पराजित गर्दै स्वर्ण जितेको हो । मिक्स टिममा कुल चार खेलाडी थिए । टोलीका अन्य सदस्यमा  उ जु लिन र सो हो यी थिए ।

सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाडमा मिक्स पियरमा पराजित भएका फान र टिसाइको जोडीले यस पटक मिक्स टिममा स्वर्ण जित्दै त्यसको बदलासमेत लिएको छ ।

६ वर्षअघि देखि आफ्नो श्रीमतीसँग पूर्ण रुपमा खेल्न थालेका फानले एसियाडमा स्वर्ण जित्न पाउँदा खुशी हुँदै लामो यात्राले सफलता प्राप्त गरेको बताएका छन् ।

‘पछिल्लो पटक २०१८ मा हामीले टिम गेममा राम्रो गर्न सकेनौँ । यस पटक एसियाडका लागि हामीले पाँच वर्षदेखि तयारी गरेका थिया । यो पाँच वर्षमा हामीले धेरै उतारचढाव भोग्यौँ र अहिले सपना पूरा गर्दै यो सकिएको छ,’ उनीहरुले भने ।

खेलको दौरान श्रीमान् श्रीमतीबीच केही वादविवाद भए पनि त्यो सामान्य भएको र त्यसले खेलमा असर गर्न निदिएको दुवैले बताए ।

‘हामीले कहिल्यै गिभ अप गरेनौँ । वादविवादका बीच पनि हामीले आपसी समझदारीमा समाधान पत्ता लगायौँ र त्यसै कारण नतिजा ल्यायौँ,’ श्रीमान् फनले भने ।

यस इभेन्टमा सेमिफाइनलम पराजित भएका थाइल्याण्ड र सिंगापुरले कांस्य पदक जिते ।

यस्तै पुरुष टिम इभेन्टमा हङकङले स्वर्ण जित्दा भारतले रजत तथा चीन र जापानले कांस्य जिते ।

महिला टिम इभेन्टमा भने चीनले स्वर्ण, चाइनिज ताइपेइले रजत तथा हङकङ र सिंगापुरले कांस्य जिते ।

एसियाली खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय