+

कुस्तीमा नेपालका सबै खेलाडी पहिलो खेलमै पराजित

२०८० असोज  २० गते १२:३० २०८० असोज २० गते १२:३०
कुस्तीमा नेपालका सबै खेलाडी पहिलो खेलमै पराजित

२० असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाडमा  कुस्तीमा सहभागी नेपालका चारै खेलाडी पहिलो चरणमै पराजित भएका छन् ।

लिनान स्पोर्टस् एण्ड कल्चरल एक्जिबिसन सेन्टरमा भइरहेको कुस्तीमा शनिबार प्रतिस्पर्धा गरेका नेपालका राज यादव र सुरेश चुनारा  पहिलो खेलमै पराजित भएका हुन् ।

पुरुष फ्रिस्टाइल ८१ केजीमा प्रिक्वाटरफाइनल खेलेका राज कम्बोडियाका बाली सोउसँग १०-० ले पराजित भए । टेक्निकल सुपेरिटीको आधारमा बाली विजयी भएका हुन् ।

यस्तै पुरुष ७४ केजी फ्रिस्टाइलको प्रिक्वाटरफाइनलमा सुरेश चुनारा तुर्कमेनिस्तानका परमान होम्मादोभसँग ११-० ले पराजित भए । सुरेश पनि टेक्निकल सुपेरिटीकै आधारमा पराजित भए ।

कुस्तीमा सहभागी नेपालका चारै खेलाडी पहिलो खेलमै पराजित भएका हुन् ।

यसअघि महिला खेलाडीद्वय शिवाङ्गी दुवे र सुशीला चन्द पहिलो खेलमै पराजित हुँदै बाहिरिसकेका छन् ।

 

एसियाली खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय