+

क्यानोइङमा गणेश आठौं स्थानमा

२०८० असोज  २० गते १३:३२ २०८० असोज २० गते १३:३२
क्यानोइङमा गणेश आठौं स्थानमा

२० असोज, काठमाडौं । १९औं एसियाड अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकमा नेपालका गणेश गुरुङ आठौं भएका छन् ।

फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनल चरणमा १० खेलाडीले प्रतिस्पर्धा गरेकोमा गणेश आठौं भएका हुन् ।

त्यसअघि शनिबार बिहान भएको सेमिफाइनल चरण पार गर्दै गणेश फाइनल चरणमा छनोट भएका थिए ।

सेमिफाइनलमा १६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा दश खेलाडी फाइनल चरणमा प्रवेश गरेका थिए । सहभागी राष्ट्रका एक एक खेलाडी फाइनल चरणमा प्रवेश गर्दा नेपालबाट सहभागि भएका एक मात्र खेलाडी गणेश पनि फाइनल चरणमा पुगेका हुन् । तर उनले आठौं स्थानमा रहेर प्रतियोगिता सकाए ।

यस इभेन्टमा चीनका क्वान सिनले स्वर्ण जित्दा जापानका तानाका युकीले रजत र चाइनिज ताइपेइका उ शाओ हसुअनले कांस्य जिते ।

एसियाली खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय