+

गुल्मीमा कात्तिक १५ देखि पालिकास्तरीय भलिबल प्रतियोगिता हुने

२०८० असोज  २० गते १४:२२ २०८० असोज २० गते १४:२२
गुल्मीमा कात्तिक १५ देखि पालिकास्तरीय भलिबल प्रतियोगिता हुने

२० असोज, गुल्मी । गुल्मीमा प्रथम पालिका स्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा गुल्मी भलिबल संघको आयोजनामा कात्तिक १५ गतेदेखि १८ गतेसम्म हुने प्रथम गुल्मी भलिबल कप २०८० को पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

भलिबल खेलको विकास तथा विस्तार एवं स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले खेल आयोजना गरिएको गुल्मी भलिबल संघका सचिव नारायण आचार्यले बताए । खेलमा जिल्ला स्थित १२ वटा स्थानीय तहबाट खेलाडीहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

पुरुष भलिबल खेलमा प्रथम हुनेले नगद ७७ हजार ७७७ रुपैयाँ द्धितिय हुनेले ५५ हजार ५५५ रुपैयाँ, तृतिया हुनेले ३३ हजार ३३३ रुपैयाँ र सानतना हुनेने ११ हजार १११ रुपैयाँ पाउने छन् ।

त्यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्धितिय हुनेले २५ हजार रुपैयाँ, तृतिय हुनेले १५ हजार रुपैयाँ र सानतना हुनेने १० हजार रुपैयाँ पाउने भएका छन् ।

खेलमा राष्ट्रिय स्तरमा खेल खेलेका खेलाडी बाहेक हुनुपर्ने आयोजकले जनाएको छ । भलिबल खेल पछिल्लो समय खेल्ने क्रम घटदै जान थालेकाले हराउदै जान समेत थालेको छ ।

पछिल्लो नयाँ युवा पिडी भलिबल खेलप्रतिको आकर्षण घट्दै जान थालेपछि त्यसलाई माथि उठाउनका लागि यो खेलले टेवा पुग्ने गुल्मी भलिबल संघका अध्यक्ष राजन कुँवरले बताए । भलिबलको मुख्य प्रायोजकमा गुल्मीका पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी प्रेम कुँवरले गरेका छन् ।

खेल सम्पन्न गर्न आयोजकले निजी क्षेत्रका खेलप्रेमीहरुबाट सहयोग संकलन गरिरहेको आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय