
प्रिय कर्नाली !
नदीहरूमा
अरू कुनै पुगेका छैनन्
निःसन्देह
तिमीजति पर !
तिमीजस्तै अर्को कर्नाली
कहाँबाट आयो ?
ए दुनियाँ !
कताबाट आयो—
दोस्रो कर्नाली ?
कुतूहल थाम्न नसकी
सडकमा दगुर्दा–दगुर्दै
एक्कासि स्तब्ध भएँ म
जब देखें—
शहीदगेटमा
यो शहरका चोकचोकमा
तपतप आँसु झारिरहेका रहेछन्
शहीदका सालिकहरू !
तिमीभन्दा लामो कर्नाली
अर्को कर्नाली
बगिरहेको रहेछ मेरै छेउछाउ
मजस्तालाई निरन्तर भत्काउँदै ।
(हालै प्रकाशित कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बाट)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4