+

विश्वकप क्रिकेटमा अफगानिस्तानमाथि बंगलादेशको सहज जित

२०८० असोज  २० गते १६:५३ २०८० असोज २० गते १६:५३
विश्वकप क्रिकेटमा अफगानिस्तानमाथि बंगलादेशको सहज जित

२० असोज, काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ ।

धर्मशालामा जितका लागि पाएको १५७ रनको लक्ष्य बंगलादेशले ३४.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

बंगलादेशलाई जिताउन नजमुल हुसेनले नट आउट ५९ रन बनाए भने मेहदी हसन ५७ रनमा आउट भए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रन बनाउँदै अल आउट भएको थियो ।

मध्यक्रम र पुछारका ब्याटर बंगलादेशी बलरसामु टिक्न नसक्दा अफगानिस्तानले ४४ रन जोड्दा ८ विकेट गुमाएयो ।

अफगानिस्तानका ओपनर रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । अर्का ओपनर इब्राहिम जरदान र अजमातुल्लाह ओमाराजी समान २२ तथा रहमत शाह र कप्तान हसमतुल्लाह शहिदी समान १८ रनमा आउट भए ।

बंगलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीन/तीन विकेट लिएका थिए ।

विश्वकप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय