
२० असोज, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा एकसाथ वाकवाकी, ज्वरो र झाडा पखाला जस्ता लक्षण देखिएका १९ जनामध्ये एक बालकको मृत्यु भएको छ ।
तीन वर्ष मुनिका एक बालकको काठमाडौं ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
१६ असोजमा विरामी भएका उनीहरुको मेलम्ची अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । उनीहरुमध्ये १४ जनालाई थप उपतचारका लागि काठमाडौं ल्याइएको थियो ।
२ जनाको आईसीयू र ८जनाको हाइकेयरमा उपचार भइरहेको छ भने तीन जना डिस्चार्ज भएका छन् ।
घटनाको कारण पत्ता लगाउन विरामीहरुको रगत र पिसाब, र खननाको नमुना परीक्षणका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4