+

भारोत्तोलनमा सागरको नयाँ राष्ट्रिय कीर्तिमान

२०८० असोज  २० गते १८:३५ २०८० असोज २० गते १८:३५
भारोत्तोलनमा सागरको नयाँ राष्ट्रिय कीर्तिमान

२० असोज, हान्झाउ । १९ औं एसियाली खेलकुदको भारोत्तोलनमा सागर भण्डारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

१०९ केजी तौल समूहमा उनले स्न्याचमा १३३ किलो, क्लिन एण्ड जर्कमा १७० किलो गरी कुलमा ३०३ किलो भारत उठाएर राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।उनले यसअघि आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका हुन् ।

३ हप्ताअघि साउदी अरबमा भएको आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा  सागरले स्न्याचतर्फ १२८ केजी, क्लिन एण्ड जर्कमा १६३ केजी र समग्रमा २९१ केजी भार वहन गरेका थिए । एसियाडमा उनले त्यो भन्दा १२ किलो बढी भार उठाए ।

सागर नेपालको भारोत्तोलन इतिहासमै कुनै पनि तौल समूहमा ३०३ किलो तौल उठाउने पहिलो खेलाडी हुन् ।

यसअघि यही एसियाली खेलकुदकै ९६ किलो तौल समूहमा विशालसंह विष्टले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गरेका थिए ।

 

एसियाली खेलकुद सागर भण्डारी
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय