
२१ असोज, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ९.०५२६ प्रतिशत लाभांश दिने भएको छ ।
१९ असोज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको ८.६० प्रतिशत बोन सेयर दिन प्रस्ताव गरेको छ ।
यस्तै लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.४५२६ प्रतिशत नगद गरी कुल ९.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भए पनि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4