+
+

झलनाथ खनाल भन्छन् : जुनसुकै सरकार बने पनि जनताको पक्षमा काम गर्न सक्दैनन्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १२:४२

२१ असोज, बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिलेको व्यवस्थामा जुनसुकै दलको सरकार बने पनि जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन् ।

पार्टीले सञ्चालन गरेको मेची महाकाली अभियानका क्रममा आइतबार रुपन्देहीको भैरहवामा समाजवादी प्रेस संगठन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा नेता खनालले अहिलेको पुँजीवादी व्यवस्थामा तीन तहका सरकारले जनताले राहत अनुभूति गर्ने खालका काम गर्न नसकेको बताए ।

पुँजीवादी व्यवस्थाले आम नागरिकलाई भन्दा बिचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको खनालको आरोप छ ।

व्यवस्था फेरिए पनि जनताको जीवनस्तर र अवस्था नफेरिएको बताउँदै अब यही पुँजीवादी व्यवस्थामै रहने कि समाजवादी व्यवस्थामा जाने भन्ने विषयमा व्यापक बहस चलाउनुपर्ने नेता खनालले बताए ।

‘पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न सकेको छैन’, खनालले भने, ‘अब समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरण आवश्यकता रहेको छ ।’

समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरू एक हुनुपर्ने खनालले प्रष्ट पारे ।

मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक संकट गहिरिँदै गएको उल्लेख गर्दै नेता खनालले यही अवस्था रहे देश युवाविहीन हुने खतरा बढ्दै गएको औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?