+
+

केन्द्रीय पुस्तकालयको अध्ययन कक्षा अब सातै दिन २४ घण्टा खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १३:५०

२१ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको अध्ययन कक्षा अब सातै दिन २४ सै घण्टा खुला हुने भएको छ ।

गत शुक्रबार त्रिवि कार्यकारी परिषद्को बैठकले केन्द्रीय पुस्तकालयको –एनेक्स अध्ययन कक्ष पुस्तकालय कार्डको व्यवस्था गरी अध्ययनका लागि २४ सै घण्टा सातै दिन खुला गर्ने निर्णय गरेको छ ।

त्यसको साथै केन्द्रीय पुस्तकालय कार्यालय समय भन्दा अगाडि र पछाडि गरी थप ६ घण्टा बढी पुस्तकालय कार्ड अनिवार्य गरी अध्ययनको लागि खुला रहनेछ ।

त्रिविका नियमित विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता, कर्मचारीहरुको हकमा नियमित कार्यालय समय जस्तै शनिबार (सार्वजनिक बिदाको दिन बाहेक) पनि पुस्तकालय अध्ययनका लागि खुला रहने छ ।

त्यस्ता दिन अध्ययन गर्न आउने पाठकहरुले अनिवार्य रुपमा परिचयपत्र ल्याुनपर्नेछ । पुस्तकालय कक्षा २४ सै घण्टा सातै दिन खुला हुनुपर्ने माग राख्दै त्रिवि कीर्तिपुर क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले करिब एक हप्ता रचनात्मक आन्दोलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?