
२१ असाेज, काठमाडौं । नेपाल उद्याेग वाणिज्य महासंघ राजस्व समितिका सभापति अम्बिकाप्रसाद पाैडेलले पूँजीबजार बढ्नु भनेकाे चलखेल हुनु र केही व्यक्तिले कमाउनु हाे भन्ने भाष्य सिर्जना भएकाे बताएका छन् ।
विश्व लगानीकर्ता सप्ताहकाे अवसरमा धिताेपत्र ब्राेकर एसाेसिएसनले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा उनले पूँजी बजार राजस्वकाे राम्राे स्राेत हाे भन्ने आर्थिक वर्ष २०७८/७९ काे तथ्यांकले देखाएकाे बताए ।
तर, पूँजीबजार बढ्नु भनेकाे राजस्व बढ्नु हाे र ५९ लाखकाे ओठमा मुस्कान छाउनु हाे भनेर बुझाउन नसकिएकाे उनले बताए ।
याे विषय नीति निमार्ण गर्नेले बुझ्न नचाहेकाे उनको भनाइ छ । पूँजीगत लाभकरकाे विषयमा स्पष्ट व्यवस्था चाहियाे भनेर पटक पटक भन्दा पनि अहिले लगानीकर्ता सबैभन्दा धेरै त्यसैमा अलमलिएकाे पाैडेलले बताए ।
पूँजीगत लाभकरलाई नै अन्तिम कर हुनुपर्छ भनेर माग गरिरहँदा आर्थिक ऐन मार्फत लगानीकर्तामा डलरलाग्दाे तरबार झुन्ड्याइएकाे उनकाे तर्क छ ।
‘ट्रेडर र इन्भेस्टर काे हाे भनेर आन्तरिक राजस्व विभागले छुट्याएकाे छैन । त्यसले गर्दा पनि लगानीकर्ता लगानी गर्न हिच्किचाएका छन्,’ उनले भने ।
प्रतिक्रिया 4