+
+

एशियाली विकास बैंकका पूर्वअध्यक्षले भेटे प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १४:२९

२१ असोज, काठमाडौं । एशियाली विकास बैंकका पूर्वअध्यक्ष हारुहिको कुरोदाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा कुरोदाले कार्बन उत्सर्जनको क्षेत्रबाट नेपालले विशेष लाभ लिनसक्ने बताए ।

जापानको केन्द्रीय बैंकका गभर्नर समेत रहिसकेका कुरोदाले पर्यावरण जोगाउन नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै यस कार्यमा सघाउन जापान तयार रहेको जानकारी गराए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले वित्तीय सुधारका लागि वर्तमान सरकार क्रियाशील रहेको भन्दै जापान–नेपालको पुरानो सम्बन्ध नेपाल र नेपालीको समृद्धिका लागि थप उपयोग गर्नुपर्ने खाँचो औंल्याए ।

नेपालको आर्थिक क्षेत्रको विकासका लागि कुरोदाले लिएको सक्रियताप्रति प्रधानमन्त्री प्रचण्डले प्रसन्नता व्यक्त गर्दै आर्थिक विकासको क्षेत्रमा जापानले मारेको फड्को आफूहरुका लागि पनि प्रेरक भएको बताए ।

यसैगरी कुरोदाले अर्थमन्त्री डा. प्रकाशशरण महत, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव कृष्णहरि पुष्कर, पूर्व अर्थमन्त्रीहरु, अर्थविद्, वाणिज्य बैंकका कार्यकारी अधिकृतहरुसँग नेपालको आर्थिक विकासका विभिन्न पक्षबारे छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?