
२१ असोज, काठमाडौं । प्रतिनिधि सभामा विद्युत विधेयक २०८० को सैद्धान्तिक छलफल सकिएको छ ।
२७ भदौ २०८० मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले प्रतिनिधि सभमा दर्ता गरेको यो विधेयकमाथि संसदमा सोमबार सैद्धान्तिक छलफल भएको हो ।
छलफलमा भाग लिने सांसदहरुले नेपाली लगानीकर्ताको लगानी संरक्षण र सम्भावनाको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रतिनिधि सभामा प्रस्तुत विद्युत विधेयकमा एक सय मेगावाट भन्दा बढी जडित क्षमताका आयोजनाहरुलाई सोझै सरकारले सम्झौताद्धारा दिन सक्ने व्यवस्था प्रस्तावित गरिएको छ । २५ मेगावाटसम्म प्रदेशले र ५ मेगावाटसम्म स्थानीय सरकारले संचालन गर्न सक्ने भनिएको छ ।
संघीय सरकारले एक सय मेगावाट भन्दा बढी जडित क्षमताका आयोजनालाई सोझै सम्झौता गरेर दिन सक्ने भन्दा एक सय मेगावाट भन्दा बढी जडित क्षमताका आयोजना विदेशीले मात्रै लिन सक्ने सांसदहरुको चिन्ता छ ।
नेपाली लगानीकर्ताहरुको क्षमता बढेको र ‘४५६ मेघावाटमो तामाकोशी नेपालीले बनाइसकहेको’ उल्लेख गर्दै एक सय मेगावाटमा खुम्च्याउन नहुनेमा सांसदहरुको जोड छ । अन्यथा, नेपाला निजी क्षेत्र विस्थापित हुने भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।
सांसदहरुले सैद्धान्तिक छलफलमा उठाएका प्रश्नहरुको जवाफ उजामन्त्री बस्नेतले सोमबार जवाफ दिनेछन् । प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो साढे ३ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया 4