
काठमाडौं । कुमारी बैंक लिमिटेडले दशैं पर्वलाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।
यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने छ ।
क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट र अनलाइन पेमेन्टबाट गरने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ ।
यो योजना २८ असोजदेखि ५ कात्तिकसम्म लागु हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4