
टिकट बुकिङ गर्न बसपार्कमा यात्रुको भीड । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
२२ असोज, काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।
बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दशैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।
आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन दिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4