
आखिर नाममा के नै पो हुन्छ र ? भनिन्छ । तर, वास्तवमा नाममा धेरै कुरा हुँदो रहेछ ।
एप्पलको भर्चुअल असिस्टेन्टका बारेमा त तपाईंलाई थाहै छ होला । त्यसको नाम सिरी हो ।
सिरी भनेर बोलाउँदा आइफोन तथा आइप्याडको सिरी सक्रिय बन्दछ । आइफोनको त्यहीँ भर्चुअल असिन्टेन्ट एकजना महिलाका लागि भने निकै टाउको दुखाइको विषय बनेको छ । जसका कारण उनले आफ्नो नाम नै बदल्नुपरेको छ।।
यो घटना स्कटल्याण्डको एडिनबर्गमा भएको हो । व्यक्तिगत प्रशिक्षकको काम गर्ने सिरी प्रिन्स नामकी ती महिलालाई एप्पलको सिरीकै कारण आफ्नो नाम बदल्नु परेको छ । एप्पलले अपरेटिङ सिस्टम आईओएस १७ ल्याएसँगै उनलाई त्यस्तो आइलागेको हो ।
हुनत ती महिलालाई आफ्नो नाम र एप्पलको भर्चुअल असिस्टेन्टको नाम जुधेपछि पहिलेदेखि नै समस्या आइलागेको थियो । तर, आईओएस १७ भन्दाअघि एप्पलको सिरीलाई एक्टिभ गराउनका लागि हे सिरी बनेर बोल्नु पर्दथ्यो । तर आईओएस १७ मा भने सिरी मात्रै भन्दा सिरी एक्टिभ हुन्छ । त्यसैले जो कोहीले जब उनलाई सिरी भनेर बोलाउँथ्यो तब आसपासमा रहेका सबै मानिसका आइफोन सक्रिय बन्दथे ।
त्यस्तो समस्या पटक-पटक बेहोर्नु परेपछि २६ वर्षीया सिरी प्रिन्सले आफ्नो नाम परिवर्तन गरेर सिज राखेकी छिन् । यस विषयमा एप्पलले भने कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन ।
आफ्नो नामको साटो एप्पलले भर्चुअल असिस्टेन्टका लागि अन्य कुनै नाम छानेको भए उपयुक्त हुने भन्दै उनले आफ्नो जस्तै सिरी नाम भएका कैयन् मानिसहरुको जीवन असहनीय भएको उनले बताएकी छिन् ।
समाचार अनुसार एलेक्सा सिरी नामकी अर्की एक महिलाले पनि आफ्नो नामका लागि सम्झौता गर्नुपरेको छ । किनकि उनको पनि नाम बोलाउँदा अमेजनको भर्चुअल असिस्टेन्ट एलेक्टा सक्रिय बन्दछ ।
प्रतिक्रिया 4