+
+

‘हाम्रा बच्चाहरुलाई फिर्ता गराइदेऊ सरकार’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १३:१७
चन्द्रा विष्ट ।

२२ असोज, काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीहरुका अभिभावकले तत्काल उद्धार थाल्न सरकारसँग आग्रह गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्की सहितका नौ जना विद्यार्थीका आफन्तले सोमबार बिहान परराष्ट्रमन्त्राी एनपी साउदलाई भेटेर तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन् ।

हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरु आक्रमणको शिकार हुने डरले आत्तिएको लोकेन्द्रकी काकीआमा चन्द्रा बिष्टले बताइन् ।

‘बच्चासँग हामी आधाआधा घण्टामा कन्ट्याकमा छौं, तर हिजो रातिबाट युद्ध घोषणा भएकाले बच्चाहरु आत्तिएका छन्’ उनले भनिन्, सुरक्षित ढंगले छिटो हाम्रा बच्चाहरुलाई फिर्ता गराइदेऊ सरकार ।’

उनीहरुले पराराष्ट्रमन्त्री साउदलाई विद्यार्थीहरुसँग भर्चुअल्ली संवाद समेत गराएका छन् । विद्यार्थीहरुका अनुसार उनीहरु बसिरहेको ठाउँ बंकर होइन, त्यसैले उनीहरुले तत्काल बंकर भएको ठाउँतिर सारिदिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?