+
+

इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न राप्रपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १३:२८

२२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार विज्ञप्ति जारी गर्दै इजरायलमा भएको आतङ्कवादी हमलामा घाइते भएका नेपालीको उद्धार तथा त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षा सुनिश्चत गर्न माग गरेका हुन् ।

साथै इजरायसलमा रहेका नेपालीहरूको विवरण संकलन गर्न, उनीहरूको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कूटनीतिक पहल गर्न, जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्दार गर्न र स्वदेश फर्कन चाहनेहरुलाई आवश्‍यक प्रबन्ध मिलाउन राप्रपाले सरकारसँग माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?