+
+

५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्रीमा रोक लगाउन लेखा समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १५:०८

२२ असोज, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।

ग्याँस उद्योगहरुले गैरकानुनी रुपमा होटल लगायत औद्योगिक प्रयोजनका लागि ५० केजी र ४५० केजीका सिलिण्डरहरु बिक्री वितरण गरेको भन्दै लेखा समितिले त्यसलाई रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । सोमबार बसेको लेखा समितिको बैठकले उक्त निर्देशन दिएको हो ।

यसअघि लेखा समितिले ५० र ४५० केजीका ग्यास सिलिण्डरहरुको बिक्री वितरणबारे चासो राख्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर ३ दिनभित्र जानकारी दिन भनेको थियो । तर हालसम्म पनि मन्त्रालयले जानकारी नगराएकाले सो सम्बन्धमा भए गरेका कामकारबाहीका कागजातसहित विवरण उपलब्ध गराउन समितिले निर्देशन समेत दिएको छ ।

‘त्यसैगरी यस्तो गैरकाननी कार्यलाई तत्काल रोक लगाई गैरकानुनी कार्य गर्ने ग्याँस उद्योगलाई कानुबमोजिम कारबाही गर्न समितिको बैठक नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देश गर्दछ,’ निर्णयमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?